मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

हिन्दु धर्म बोल्ने होइन, मनमा राख्ने कुरा हो : पूर्वराजा ज्ञानेन्द्र

हिन्दु धर्म बोल्ने होइन, मनमा राख्ने कुरा हो : पूर्वराजा ज्ञानेन्द्र


चितवन । पूर्वराजा ज्ञानेन्द्र शाहले चितवनको नारायणी नदी किनारमा आयोजित विराट गोरक्षा महायज्ञमा गाईको पूजा तथा हवन गरेका छन् । 
 
गाईको संरक्षण गर्ने उद्देश्यले आयोजित महायज्ञमा पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमलसहित सहभागी भएका थिए । महायज्ञबाट फर्किने क्रममा पत्रकारहरुले हिन्दु धर्म संरक्षणबारे सोधेको प्रश्नमा पूर्वराजा शाहले भने, ‘हिन्दु धर्म बोल्ने होइन, मनमा राख्ने कुरा हो ।’
 
ज्ञानेन्द्र र कोमलले एक जोडी गाईको पूजासमेत गरेका थिए । उनीहरुले करिब पाँच सय मिटर लामो पैदलयात्रा गरेका थिए । सो क्रममा स्थानीयले दिएको पुष्पगुच्छासमेत उनीहरुले ग्रहण गरेका थिए । 
 
पत्नी कोमलको जन्मदिन मनाउन चितवन आएका पूर्वराजा ज्ञानेन्द्र ३ दिनदेखि चितवनमा छन् । 

शेयर गर्नुहोस:

0
Shares