मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

डोजर लगाएर वीरगन्ज घन्टाघरको घरटहरा भत्काइयो

डोजर लगाएर वीरगन्ज घन्टाघरको घरटहरा भत्काइयो


वीरगन्ज । लामो समयदेखि वीरगन्जको घन्टाघरनजिक वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा घरटहरा बनाई तरकारी व्यवसाय गरी रहेका व्यापारीहरूको घरटहरा आइतबार डोजर लगाइ उपमहानगरपालिकाले भत्काएको छ ।
 
सुरूमा ती व्यापारीहरूले मिनाबजारमा तरकारी व्यापार गर्दै आएका थिए । पछि उपमहानगरपालिकाले सो ठाउँमा कम्प्लेस्स बनाउन थालेपछि उनीहरूलाई घन्टाघरनजिक रहेको जग्गामा सारिएको थियो ।
 
कम्प्लेक्स निर्माण भएपछि ती तरकारी व्यापारीलाई कम्प्लेक्समा आउनभन्दा चर्को भाडादर भएको भन्दै व्यापारीले आनाकानी गर्दै आएका थिए ।
 
घन्टाघरनजिकको सो ठाउँमा सार्वजनिक पार्क बनाउने भनेर बारम्बार सूचना दिए पनि व्यापारीले सो सूचनाको अटेर गरेका कारण बाध्य भएर डोजर लगाउनुपरेको वीरगन्ज उपमहानगरपालिकाका प्रमुख पीताम्बर अधिकारीले बताए ।
 
तरकारी व्यवसायी सङ्घका अध्यक्ष विदुर साह कलवारले पूर्व सूचनाबिना व्यापारीको घर भत्काउनुले गरिब व्यापारीलाई ठूलो अन्याय भएको बताए ।
 
व्यापारीले आफूहरूले प्रयोग गर्दै आएका सो जग्गा खाली नगर्न भनी अदातलमा मुद्दा दिएकोमा जिल्ला अदातल पर्साले उपमहानगरपालिकाको पक्षमा फैसला सुनाएपछि उपमहानगरपालिकालाई जग्गा खाली गराउने बाटो खुलेको हो ।
 
नेपाल रेल्बेको स्वामित्वमा रहेको जग्गामध्ये १० बिगाहा जग्गा २०६० सालमा उपमहानगरपालिकाले तत्कालिन प्रमुख गोपाल गिरीको पालामा रु १० करोडमा खरिद गरेको थियोे ।
 
सो जग्गामा वीरगन्ज उपमहानगरपालिकाले रु एक करोडको लागतमा सार्वजनिक पार्क निर्माण गर्ने भनेर प्रहरी तथा डोजर लगाएर सो जग्गा खाली गराएको हो । केहीबेर व्यापारीहरूले अवरोध सिर्जना गरेपछि सुरक्षाकर्मीले लाठीचार्ज गरेका थिए । रासस

शेयर गर्नुहोस:

0
Shares