मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोटरसाइकल चालकको मृत्यु

मोटरसाइकल चालकको मृत्यु


मोरङ । झापाको दमक–१६ स्थित पूर्वपश्चिम राजमार्गमा बिहीबार राति मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उर्लाबारी–४ का गौरव श्रेष्ठको मृत्यु भएको छ ।
 
राति १०ः१५ बजे दमकबाट उर्लाबारीतर्फ आउँदै गरेको को १० प ४६४३ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक २१ वर्षीय श्रेष्ठको मृत्यु भएको हो । 
 
दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा राति १०ः३५ बजे मृत्यु भएको हो । 
 
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उर्लाबारी–४ कै २२ वर्षीय आकाश कार्की गम्भीर घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । रासस