मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

हात्तीको आक्रमणबाट बालकको मृत्यु

हात्तीको आक्रमणबाट बालकको मृत्यु


चितवन । दक्षिण चितवनको माडी नगरपालिका–११ खरकट्टामा शुक्रबार बिहान हात्तीको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । 
 
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पिसाब फेर्न घरबाहिर निस्किएका अमृत सुनारका १३ वर्षीय छोरा सागर सुनारको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । 
 
बिहान २ बजेको समयमा घटना भएको प्रहरीले जनाएको छ । शवपरीक्षणका लागि भरतपुर ल्याइँदैछ । 
 
यसअघि गत मङ्गलबार जङ्गली हात्तीकै आक्रमणबाट सौराहाको हात्तीसारमा एक भारतीय पर्यटकको पनि मृत्यु भएको थियो ।