मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

घाँस काट्दा महिलाको रूखबाट लडेर मृत्यु

घाँस काट्दा महिलाको रूखबाट लडेर मृत्यु


रुकुम । घाँस काट्न रूखमा चढेकी एक महिलाको लडेर मृत्यु भएको छ । 
 
रुकुमको सिम्ली–१ की अन्दाजी ३४ वर्षीया देउरुपा खड्काको रूखबाट लडेर मृत्यु भएको हो । गाईवस्तुका लागि घाँस काट्न रूखमा चढेकी खड्का मङ्गलबार लडेर गम्भीर घाइते भएका थिए । 
 
उनलाई जिल्ला अस्पताल सल्लेमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको भए पनि त्यहाँ उपचार हुन नसकेर काठमाडौँ लगिएकोमा बुधबार उनको मृत्यु भएको स्थानीयवासी रमेश डाँगीले जानकारी दिए । मृतक खड्कालाई टाउको र ढाडमा चोट लागेको उनले बताए । रासस