मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चिसो बढेपछि एकमहिना विद्यालय बन्द

चिसो बढेपछि एकमहिना विद्यालय बन्द


डडेल्धुरा । पुस १५ पछि एकाएक चिसो बढेपछि डडेल्धुराका सरकारी विद्यालय ३० दिनका लागि बन्द गरिएका छन् । पछिल्लो समय चिसोका साथै शीतलहर पनि बढेपछि विद्यालयमा हिउँदे बिदा गरिएको विभिन्न स्कुलका प्रधानाध्यापकले जनाएका छन् ।
 
अत्यधिक चिसो र मौसममा समेत आएको परिवर्तनका कारण विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको बाल कल्याण मावि पुइलेकका प्रधानाध्यापक चन्द्रराज जोशीले बताए । अत्यधिक जाडोले गर्दा कक्षा कोठामा बस्न र पढ्ने÷पढाउने वातावरणसमेत नभएकाले विद्यालय बन्द गर्नुपरेको प्रधानअध्यापक जोशीको भनाइ छ ।
 
चिसोले गर्दा जिल्लाका पहाडी भेगका सम्पूर्ण सरकारी विद्यालयमा माघ १५ गतेसम्मका लागि हिउँदे बिदा गरिएको हो । विद्यार्थी लामो दूरी हिँडेर आउनुपर्ने, धेरैजसो गरिब बालबालिकाले परिस्थितिअनुरुप न्यानो लुगासमेत लगाउन नसक्ने हुँदा उनीहरुमा रुघाखोकी, कोल्ड डायरिया, निमोनियाजस्ता समास्या देखिने भएकाले हिउँदे बिदा दिनुपर्ने भएको हो । 
 
चिसोमा बालबालिकालाई पढ्न समस्या हुने र पढाइ पनि प्रभावकारी नहुने भएकाले एक महिनाजति विद्यालय बन्द गर्नु पर्ने भएको सहश्रलिङ मावि चमडाका प्रधानाध्यापक पदमबहादुर ऐरले बताए । जाडोमा  विद्यार्थीलाई चौरमा लगेर पढाउनु पर्ने तर उनीहरुको ध्यान पढाइमा भन्दा अन्य कुरामा केन्द्रित हुन थालेपछि बिदा गर्नु परेको उनको भनाइ छ ।
 
अहिले डडेल्धुरास्थित पहाडी भेगका प्राथमिक, निमावि र माध्यमिक विद्यालयमा हिउँदे बिदा दिए पनि माथिल्लो कक्षाका लागि उनीहरुको पढाइस्तर हेरी दिउँसोको समयमा पढ्ने वातावरण मिलाइएको बाल कल्याण माविका शिक्षक अङ्गतसिंह धामीले बताए ।