मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अदालतको निर्णयको स्वागत, संसदको अवरोध हटाउन छलफल गरिने

अदालतको निर्णयको स्वागत, संसदको अवरोध हटाउन छलफल गरिने


भक्तपुर । नेकपा (एमाले) स्थायी कमिटीको मंगलबारको बैठकले संविधान संशोधनसम्बन्धी सर्वोच्च अदालतको सोमबारको निर्णय स्वागतयोग्य भएको जनाएको छ ।
 
एमाले  अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले संसद्को अवरोध हटाउने विषयमा सत्तारुढ दलसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ । संविधान संशोधन प्रस्ताव प्रतिकूल  हुने गरी अदालतले फैसला गरेको एमाले उपाध्यक्ष वामदेव गौतमले जिकिर गरे ।  
 
उनले भने– ‘सीमाङ्कनबाहेक सबै विषय संसद्को अधिकारमा पर्ने भएकाले सत्तारुढ दललाई संशोधन विधेयक फिर्ता लिन आग्रह गर्ने निर्णय भएको छ ।’ बैठकले सीमाङ्कनको हेरफेरसम्बन्धी विषय प्रदेशसभाको विषय भएकाले प्रदेशसभाले निर्णय नगरी सीमाङ्कनको निर्णय संसद्ले गर्न नमिल्ने निर्णय गरेको पनि गौतमले बताए ।
 
नेता गौतमले भने, ‘सरकारले पहाड र मधेस अलग गरी देशलाई बर्बाद गर्नेखालको प्रस्ताव ल्याएकाले संसद् अवरोध हटाएर सत्तारुढ दलसँग छलफल गरी अगाडि बढ्ने निर्णय भएको छ ।’ उनले संशोधन प्रस्ताव दर्ता गर्ने दल र सरकारले तराई र पहाडलाई अलग गर्नुपर्ने कारणको जवाफ दिनुपर्नेमा जोड दिए ।  
 
यही पुस २२ गतेको जनप्रदर्शनलाई सशक्त, व्यवस्थित र मर्यादित बनाउने विषयमा समेत बैठकमा छलफल गरेको छ ।  बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायत पदाधिकारीको सहभागिता थियो । रासस 

शेयर गर्नुहोस:

0
Shares