मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वरिष्ठ साहित्यकार कमलमणि दीक्षित रहेनन्

वरिष्ठ साहित्यकार कमलमणि दीक्षित रहेनन्


काठमाडौँ । मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार एवम् पत्रकार कमलमणि दीक्षितको बिहीबार बिहान निधन भएको छ ।
 
नेपाली भाषा–साहित्यमा निरन्तर योगदान पु¥याउँदै आएका दीक्षितको बिहीबार बिहान २ः४५ बजे ८७ वर्षको उमेरमा निधन भएको मदन पुरस्कार पुस्तकालयले जनाएको छ । 
 
पिता केदारमणि आचार्य तथा माता विद्यादेवी दीक्षितका माहिला पुत्रका रूपमा विस १९८६ भदौको कुशेऔँसीका दिन जन्मिएका थिए । 
 
छ दर्जनभन्दा बढी पुस्तकको लेखन तथा सम्पादन गरिसकेको स्व दीक्षितका दुई हजारभन्दा बढी फुट्कर कृति प्रकाशित भएका छन् । दीक्षितका दुई छोरा र एक छोरी छन् ।