मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गणतन्त्रमाथि ज्ञानेन्द्र र केपी ओलीबाट खतरा : प्रधानमन्त्री

गणतन्त्रमाथि ज्ञानेन्द्र र केपी ओलीबाट खतरा : प्रधानमन्त्री


काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख विपक्षी एमाले अध्यक्ष केपी ओलीप्रति आक्रोश व्यक्त गरेका छन् । ओलीमाथि उनले गणतन्त्रविरोधीको आरोप लगाए । 
 
ओलीले दोश्रो जनआन्दोलनका क्रममा ओलीले गणतन्त्रको विरोध गरेको स्मरण गरे । तर, ओलीले अहिले आफूलाई गणतन्त्रको मसिहा दाबी गर्न थालेको उनको भनाइ थियो । 
 
आफूहरुको जनयुद्धका कारण नेपालमा गणतन्त्र आएको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले ओलीलाई आफैंले गर्दा गणतन्त्र आएको दाबी गर्न नमिल्ने उल्लेख गरे ।
 
उनले बुर्जुवा र दलाल वर्ग परिवर्तन उल्ट्याउन लागिपरेको बताए । उनको संकेत केही दिनअघि आएको पूर्वराजा ज्ञानेन्द्रको वक्तव्यतर्फ थियो । आफूहरुले लडेर ल्याएको परिवर्तनमाथि धावा बोल्ने काम भएकाले माओवादीहरु मिल्नुपर्ने उल्लेख गरे ।
 
‘बुर्जुवा र दलालहरु मिलेर परिवर्तन उल्ट्याउन खोजेका छन्’, १२४ औं माओ जयन्तीका अवसरमा सोमबार माओवादी केन्द्रको मुख्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले भने, ‘माओवादी एकताबद्ध नभई परिर्वतनको रक्षा हुँदैन ।’
 
एमाले अध्यक्ष ओलीतर्फ संकेत गर्दै उनले मधेसको नामै सुन्दा रिस उठ्नेहरुबाट परिवर्तनको खतरा रहेको आरोप लगाए । ‘एकथरी पुगेको सत्ता फिर्ता गर्न चाहन्छन्’, अर्को थरीलाई मधेसको नाम सुन्यो कि रिस उठ्छ, यी दुवैबाट परिवर्तनलाई खतरा छ ।’
 
हिमाल, पहाड र तराईलाई एकताबद्ध हुन नदिएर मुलुकमा वितण्डा र साम्प्रदायिक विद्वेश मच्चाउन चाहने तत्वले आफूलाई कम्युनिष्ट दाबी गरेर जनतामा भ्रम पारिरहेको आरोप उनको थियो ।

शेयर गर्नुहोस:

0
Shares