मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पूर्व राजा ज्ञानेन्द्रले बोल्न पाउनु पर्ने

पूर्व राजा ज्ञानेन्द्रले बोल्न पाउनु पर्ने


शहरी विकास मन्त्री अर्जुन नरसिंह केसिले पूर्व राजा ज्ञानेन्द्रले आफना अभिब्यक्ती राख्न पाउनु पर्ने बताउनु भएको छ ।  ज्ञानेन्द्र  पनि यो देशको नागरीक भएकाले वोल्न, हिड्न डुल्न पाउने अधिकार रहेकाले सानातीना कुरामा ठूला ठूला टिप्पणि गररे आत्तिनु पर्ने जरुरत नरहेको बताउनु भयो । राजाले आफनो दुखेसो र गुनासो पोख्दा गृहमन्त्रि र अरु नेताहरु हक्कानिनु पर्ने अवस्था नरहेको उहाको भनाई थियो । राजको बक्तब्य पस्ताच गृहमन्त्री बिमलेन्द्र निधिले दरबार हत्याकाण्डको फायल खोज्नु पर्ने सदनमा प्रस्ताव राखेका थिए  भने पुर्व प्रधानमिन्त्र बाब’राम भट्राईले आर्यघाटमा पुगेको राजसंस्थाले भुत बनेर तसाएको भन्दै खुल्ला रुपमै भासण गरेका थिए । पुर्व राजा ज्ञानेन्द्र यो देशको नागरिक भएकाले गुनासो पोख्दैमा डराउनु पर्ने कारण आफुले नदेखेको उहाको भनाई थियो ।  
 
त्यस्तै उहाले ठूला तीन दल र मधेसी मोर्चा एकै ठाउमा वसेर अहिलेको समस्याको निकास निकाल्नुपर्ने बताउनु भएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले भरतपुरमा निर्माण गर्दै गरेको भवनको आज निरिक्षण पछि पत्रकार सम्मेलनमा वोल्दै उहाँले संविधान कार्यान्वयनका लागि सवै दल एकै ठाउँमा उभिनुको विकल्प नरहेको बताउनु भयो ।
 
संसदमा पेश भएको संविधान संसोधन प्रस्ताव फिर्ता नहुने हुँदा विपक्षिलाई लोकतान्त्रीक पद्धती अनुरुप संसद सुचारु हुन दिएर असफल बनाउन आग्रह गर्नु भयो । उहाँले भन्नु भयो फिर्ता लिन सम्भव छैन असफल बनाउने अधिकार विपक्षिलाई छ । संसदीय प्रकृयालाई रोकेर जुन खालको लेडे ढिपि विपक्षिले गरिरहेका छन् यसले स्थानिय देखि संसदीय सम्मका निर्वाचन गराउँन निर्माण गर्नै पर्ने ५० औं विधेयक माथि छलफल रोकिएको छ । देशमा संविधान विहिनताको अवस्था सृजना गरेर अस्थिरता, अराजकता र द्धन्द्धलाई निरन्तरता दिन खोजिएको भन्दै उहाँले त्यसका विरुद्ध एक जुट हुनुपर्ने बताउनु भयो ।   
 
मन्त्री केसिले आउदो १३ महिनामा तीन तहको निर्वाचन सम्पन्न नगरे संविधान कार्यान्वयन नहुने भन्दै यसका लागि सवैदलको एकमत हुनु पर्छ भन्नु भयो । आज सरकारले क्रिसमसको सार्वजनिक विदा दिएझै पुष २७ गते राष्ट्रिय एकता दिवसका अवसरमा पनि सार्वजनिक विदा दिईनु पर्ने बताउनु भयो । निर्णय गर्ने सरकारले भएको भन्दै उहाँले आफ्नो यसमा निरन्तर जोड रहेको बताउनु भयो ।

शेयर गर्नुहोस:

0
Shares