मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रिय एकता दिवसमा पनि बिदा दिइनुपर्छ : मन्त्री केसी

राष्ट्रिय एकता दिवसमा पनि बिदा दिइनुपर्छ : मन्त्री केसी


चितवन । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आज सरकारले क्रिसमसको सार्वजनिक बिदा दिएझैँ पुष २७ गते राष्ट्रिय एकता दिवसका अवसरमा पनि बिदा दिइनुपर्ने बताएका छन्  ।
 
नेपाल प्रेस युनियन चितवनले भरतपुरमा निर्माण गर्दै गरेको भवनको निरीक्षणपछि पत्रकार सम्मेलनमा उनले आफ्नो यसमा निरन्तर जोड रहने बताए । 
 
ठूला तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा एकै ठाउँमा बसेर अहिलेको समस्याको समाधान निकाल्नुपर्ने बताउँदै उनले संविधान कार्यान्वयनका लागि सबै दल एकै ठाउँमा उभिनाको विकल्प छैन भने । 
 
संसदमा पेस भएको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बताउँदै उनले भने, “फिर्ता लिन सम्भव छैन, असफल बनाउने अधिकार विपक्षीलाई छ ।” संसदीय प्रक्रिया रोकिँदा स्थानीयदेखि संसदीयसम्मका निर्वाचन गराउन निर्माण गर्नैपर्ने ५० जति विधेयकमाथि छलफल रोकिएको उनले बताए ।  
 
सो अवसरमा युनियनको भवन निर्माणका लागि उद्योग सङ्घ चितवनका उपाध्यक्ष त्रिलोचन कँडेलले रु २५ हजार प्रदान गरेका थिए । भवन गत वर्ष आजकै दिन शिलान्यास गरिएकामा निर्माण सम्पन्न हुनेक्रममा छ । 

शेयर गर्नुहोस:

0
Shares