मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

क्यान्सरपीडित टुल्कीको उपचार हुन सकेन

क्यान्सरपीडित टुल्कीको उपचार हुन सकेन


जुम्ला । आर्थिक अभावका कारण उपचार हुन नसक्दा क्यान्सरपीडित टुल्की नेपाली चरम पीडामा परेकी न् ।
 
हुम्ला दार्मा–१ गर्खागाउँकी टुल्कीलाई पाठेघरको मुखमा क्यान्सर भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले थप उपचारका लागि उहाँलाई कात्तिक २९ गते भरतपुर क्यान्सर अस्पताल चितवनमा सिफारिस गरेको थियो । 
 
यहाँ पुगेको डेढ साता बितिसक्दा पनि उपचार हुन नसकेको उनका पति दलवीर नेपालीले दुखेसो गरे । ‘आएदेखि एउटा होटलमा बसेका छौँ, उपचार गर्ने रकम पनि छैन, उनको चौबीसै घन्टा गन्हाउने रगत बगिरहन्छ, होटलका मान्छे घिनलाग्दो मानेर जाउँ भन्न थाले’– उनले दुःखेसो पाखे । 
 
जुम्लाका डाक्टरको समूहले रु २० हजार उठाएर यहाँ पठाएका थिए, त्यो सकिनै लाग्यो, आफ्नो भन्ने यहाँ कोही छैन, अब कसरी उपचार गर्ने होला भन्ने चिन्ताले पिरोलेको उनले बताए । 
 
एकातिर पत्नीको जीवन के हुन्छ ? अर्कोतिर घरमा बालबच्चाले के गरिरहेका होलान् ? भन्ने पिरले सताएको छ, उनले भने– ‘उपचारका लागि भरतपुरमा कतैबाट सहयोग मिलेको छैन तर काठमाडौँबाट एकजना महिलाले हामी उपचारमा सहयोग गर्छौं भनेका थिए, अहिले उनीसँग सम्पर्क हुन सकेको छैन ।’ 
 
पाँच वर्षको बालिका घरमा छोडेर नेपाली दम्पती गत कात्तिक १६ गतेबाट उपचारका लागि भौँतारिएका छन् । आर्थिक सहयोगका लागि मोबाइल नं ९८६८९४०४९६ सम्पर्क गर्न नेपाली दम्पतीको आग्रह छ । रासस

शेयर गर्नुहोस:

0
Shares