मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

क्यान्सरपीडित बालकलाई इजरायलबाट रु एक लाख बढी सहयोग

क्यान्सरपीडित बालकलाई इजरायलबाट रु एक लाख बढी सहयोग


उर्लाबारी (मोरङ) । आर्थिक अभावले उपचारमा समस्या भएका मोरङ पथरीशनिश्चरे–८ जिरिखिम्तीका १२ वर्षीय क्यान्सरपीडित उत्सव धिमालको उपचारका लागि इजरायलमा रहेका नेपालीले रु एक लाख १० हजार सहयोग पठाएका छन् ।
 
पथरीशनिश्चरे–८ का मधु काङ्वाको नेतृत्वमा इजरायलमा रहेका नेपालीले सङ्कलन गरेको सो रकम क्यान्सरपीडित बालकका बुबा छत्रबहादुर धिमाललाई हस्तान्तरण गरिएको छ । 
 
ती बालकको अवस्थाबारे राससमा यसअघि प्रकाशित समाचारलाई अन्य सञ्चारमाध्यमले पनि प्राथमिकताका साथ प्रकाशित गरेपछि सहयोग जुट्ने क्रम बढेको हो । 
 
स्थानीय एभरेष्ट माविमा कक्षा ६ मा अध्ययनरत विपन्न परिवारका उत्सवको टाउकाको क्यान्सरको उपचारका लागि हालसम्म रु चार लाख ४९ हजार २७३ सङ्कलन भएको अभियान समितिका संयोजक साजन धिमालले जानकारी दिए । ब्रेन ट्युमरबाट क्यान्सर भएका बालकको हाल भारत बुम्बईको टाटा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । रासस