मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

क्षेत्रीय होटल संघ चितवनको नयाँ नेतृत्व

क्षेत्रीय होटल संघ चितवनको नयाँ नेतृत्व


चितवन (सौराहा) । क्षेत्रीय होटल संघ नेपाल चितवनको अध्यक्षमा युवा व्यवसायी सुमन घिमिरे निर्विरोध निर्वाचित भएका छन् । 
 
संघको १५ औँ साधारण सभा तथा ८ औँ अधिवेशनले घिमिरेको नेतृत्वमा आगामी दुई वर्षे कार्यकालको लागि आठ पदाधिकारीसहित २१ सदस्यीय नयाँ कार्यसमिति समिति चयन गरेको हो । 
 
अधिवेशनले संघको प्रथम उपाध्यक्षमा दीपक भट्टराई, द्वितीय उपाध्यक्षमा भेषराज दवाडी र तृतीय उपाध्यक्षमा अञ्जन पाण्डे चयन भएका छन् । त्यस्तै महासचिवमा पुनः राममणि खनाल र सचिवमा दामोदर रेग्मी निर्विरोध चयन भएका छन् । कोषाध्यक्षमा सिरीलाल परियार र सह कोषाध्यक्षमा गंगा गिरी चयन भएका छन् । 
 
त्यस्तै सदस्यहरुमा टीका गिरी, जीतबहादुर तामाङ, लजिक कृष्ण सागर, प्रकाशचन्द्र भट्टराई, भूपेन्द्र अधिकारी, गणेश पौडेल, सुवोध प्रधान, रामसिं गुरुङ, भागिरथ शर्मा चयन भएका छन् । 
 
त्यसलगत्तै बसेको कार्यसमितिको बैठकमा अध्यक्ष घिमिरेले दीपक अधिकारी र सूर्यबहादुर रिमाललाई सदस्यमा मनोनित गरेको छ । संघको आमन्त्रित सदस्यमा बविता चौधरी, ऋषि तिवारी र गायत्री श्रेष्ठ चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष घिमिरेले पर्यटन विकास र व्यवसाय प्रवद्र्धन मुख्य प्राथमिकता रहेको बताए ।  
 
संघको साधारण सभाको उद्घाटन मंगलबार वनमन्त्री शंकर भण्डारीले गरेका हुन् । क्षेत्रीय होटल संघ नेपाल सौराहाका निवर्तमान अध्यक्ष ज्ञानेन्द्रकुमार विष्टको अध्यक्षतामा भएको उद्घाटन सत्रमा होटल संघका केन्द्रीय अध्यक्ष अमरमान शाक्य, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल, नेपाली काँग्रेस चितवनका कार्यबाहक सभापति कैलाश कोइराला, नेकपा एमाले जिल्ला सदस्य घनश्याम कँडेल, नेकपा माओवादी केन्द्रका प्रतिनिधि गोविन्द विश्वकर्माले मन्तव्य राखेका थिए । 
 
यस्तै प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशीराम गैरे , रत्ननगर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, चितवन पर्यटन विकास समितिका अध्यक्ष दिलीप मैनाली, क्षेत्रीय होटल संघका महासचिव राममणि खनाल, पूर्व अध्यक्ष गिरीधारी चौधरीलगायतले शुभकामना दिएका थिए ।