मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

हतियारधारी समूह र प्रहरीबीचको दोहोरो मुठभेडमा एकको मृत्यु

हतियारधारी समूह र प्रहरीबीचको दोहोरो मुठभेडमा एकको मृत्यु


रौतहट । रौतहटको देवाही गाविसमा आज बिहान हतियारधारी समूह र प्रहरीबीच भिडन्त हुँदा एक हतियारधारीको मृत्यु भएको छ । हतियारधारीको गोली लागी एक प्रहरी जवानसमेत गम्भीर घाइते भएका छन् । 
 
देवाही गाविस–८ स्थित लालबकैया नदी नजिक रहेको तटबन्ध हुँदै ठूलो मात्रामा हतियार भित्र्याइन लागेको सूचनाका आधारमा मध्य क्षेत्रीय प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोली उक्त स्थानमा पुग्दा तीन/चारजनाको समूहमा रहेका उनीहरुले एक्कासि प्रहरीमाथि गोली प्रहार गरेको र प्रहरीको जवाफी कारबाहीमा भारत फौरैया लौखान ढाका पूर्वी चम्पारनका ४४ वर्षीय तेजीलाल साहको मृत्यु भएको हो ।
 
हतियारधारीले चलाएको गोलीबाट प्रहरी जवान सुरेन्द्र चौधरी गम्भीर घाइते भई थप उपचारका लागि हेटौँडास्थित चुरे हिल अस्पताल पठाइएको रौतहटका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताउनुभयो । 
 
मृतकबाट एक थान इन्सास राइफल, एक थान इटालीमा निर्मित पेस्तोल, एक थान नलकटुवा पेस्तोल, इन्सासमा लाग्ने १५ थान गोली र कटुवाबाट पड्केको गोलीको खोकासमेत बरामद भएको प्रहरीले जनाएको छ । फरार रहेका अन्य हतियारधारी समूहको खोजी भइरहेको छ । रासस 

शेयर गर्नुहोस:

0
Shares