काठमाडौँ । विसं २०४६ सालका जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको सालिकमा बुधबार माल्यार्पण गरियो । 
	गणेशमान सिंह स्मृति प्रतिष्ठानको आयोजनामा सिंहको १०२ औँ जन्मजयन्तीका अवसरमा आज शोभाभगवतीमा रहेको सिंहको सालिकमा माल्यार्पण गरिएको हो । 
	सो अवसरमा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्व सिंहको त्याग र निष्ठाका कारण मुलुकको संविधान निर्माण हुन सकेको र अब त्यसको कार्यान्वयनका लागि दलहरू एक हुनुपर्ने बताए । 
	उनले काँग्रेसको नेतृत्वमा संविधान बने जस्तै त्यसको कार्यान्वयनको नेतृत्व पनि काँग्रेसले नै गर्नुपर्ने विचार प्रकट गरे । 
	कार्यक्रममा उद्योगमन्त्री नविन्द्रराज जोशी, सांसद राजेन्द्रकुमार केसी, ध्यानगोविन्द रञ्जित, चन्द्र महर्जन, दीपक कुँइकेल, काँग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बानियालगायतको उपस्थिति रहेको थियो । रासस
             

                                                    


                    
                    
                    
                    
प्रतिक्रिया