मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

इन्टरनेटमा सनसनी मच्चाएकी तरकारीवाली !

इन्टरनेटमा सनसनी मच्चाएकी तरकारीवाली !


कुरिनटार । भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा भएको सरकारको भब्य तयारी र स्वागत तथा जनस्तरमा देखिएका विरोधका स्वर बारेमा नेपालीबाहेक विदेशी मिडियामै केही देख्न पढ्न पाइँदैन । तर यही बेला नेपालसम्बन्धी एउटा खबरले भने विश्वमा उधुम मच्चाएको छ । तरकारी बोकेकी एक नेपाली युवती अहिले इन्टरनेट र सोसल मिडियामा छाएकी छन् । 
 
‘आफ्नो सौन्दर्य (लुक्स)ले तरकारीवालीले इन्टरनेटमा गरिन कब्जा’ बीबीसी हिन्दी सेवाले आफ्नो अनलाइन संस्कारणमा यो शीर्षक दिएर आइतबार राखेको समाचार सामग्री लोकप्रियताको पहिलो नम्बरमा कायम छ । उनको सौन्दर्य चर्चा बीबीसी हिन्दी सेवाको अनलाइनमा मात्रै होइन, अहिले इन्टरनेटभरि नै छाएको छ । ती युवती अरु कोही नभएर गोरखाकी नेपाली चेली हुन् ।
 
पृथ्वी राजमार्गसँग जोडिएको चितवनको फिस्लिङबजार पारी गोरखा जिल्लाको भुम्लिचोक गाविस वडा नं. ८ को पहाडी गाउँ वाङ्लिङ्की वासिन्दा १८ वर्षीया कुसुम श्रेष्ठ आफ्नो फोटोले यसरी ‘धुम’ मचाएको सुन्दा दङ्ग छिन् । सोमबार मध्यान्ह उनीसँग भेटिँदा थाहा भयो उनी जति सुन्दर छिन् लजालु पनि त्यति नै रहिछन् ।
 
फिस्लिङबजार झर्दै गर्दा बाटोमै भेटिएकी कुसुमले हामीलाई देख्नासाथ लजाएर जिब्रो टोक्दै मुखै छोप्न पुगिन् । ‘हैन देश दुनियाँमा यसको फोटो पुग्यो रे भन्ने सुनेको हो । यस्तो चर्चा होला भनेर कसले सोचेको थियो र मेरी छोरी सानैदेखि कि लजालु खासै बोल्न जान्दिन’ कुसुम खुल्न गाह्रो मानेपछि उनका बुबा ४३ वर्षीय चन्द्रनारायण श्रेष्ठले भने ।
 
निलो रंगको कुर्थामा रातो रंगको सुरुवाल लगाएकी, सानो बुट्टे सल घाँटीमा बेरेकी, सामान्यभन्दा केही अग्ली कुसुम मनकामना मन्दिर जान गाउँबाट झर्दै रहछिन् । खासै श्रृंगार नगरे पनि उनको अनुहार, जिउडाल र पहिरन कुनै मोडलको झैँ देखिन्थ्यो । तर उनी गाउँकी सामान्य परिवारकी एक्ली छोरी रहिछन् । 
 
चितवन रत्ननगरमा बसेर क्वेस्ट मोडल कलेजमा व्यवस्थापन विषय लिएर कक्षा ११ पढ्दै गरेकी कुसुम दसैँदेखि बिदामा घरमा छन् । वुवा चन्द्रनारायणले आफ्नो खेतमा फलाएका र अरुको खेतबाट संकलन गरेका टमाटर फिस्लिङ बजारमा बेच्छन् । घरकी एक्ली सन्तान भएका कारण बाबुआमाको काममा सहयोग गर्नुपर्ने हुन्छ ।
 
गाउँदेखि टयाक्टरले ओसारे पनि त्रिशूली नदीमा बनेको झोलुङ्गे पुल तार्न टमाटार राखेको क्रेट बोक्नु पर्ने हुन्छ । कुसुमले टमाटरको क्रेट बोकेर पुल तर्दै गरेको फोटो त्रिशूलीमा ¥याफ्टिङ सञ्चालन गर्ने एक कम्पनीमा कार्यरत काठमाडौँका रुपचन्द्र महर्जनले खिचेर कात्तिक १२ गते फेसबुकमा राखेका थिए । अहिले सो तस्बिरले फेसबुक, ट्वीटरमा सनसनी मच्चाएको छ । करोडौँ सेयर भएको छ ।
 
‘फेसबुक त मेरो पनि छ । तर यही फेसबुकले मलाई दुनियाँमा फैलाउँछ भन्ने हेक्काचाहिँ थिएन’ कुसुमले भनिन् । फोटो भाइरल भएको कुरा रुपचन्द्रले नै आफूलाई जानकारी दिएको उनले बताइन् । त्यसपछि फेसबुकमा म्यासेज र फोन आउनेक्रम ह्वात्तै बढेको छ ।
 
‘धेरैले हेरे रे, खै राम्रो नराम्रो के हुने हो थाहा छैन । छोरी पनि खुसी पनि छ दिक्क पनि छ । सबैले सोधेको सोध्यै गरेपछि बजार झर्न पनि गाह्रो मान्न थालेकी छ’ बाबु चन्द्रनारायणले भने । व्यवस्थापन पढे पनि आफ्नो चाहना नर्सिङ पढ्ने रहेको कुसुमले सुनाइन् । तर आर्थिक अवस्थाले नसक्ने भएका कारण व्यवस्थापन पढाएको बाबु चन्द्रनारायणले बताए ।
 
‘एक्लो छोरी हो उसलाई धेरैभन्दा धेरै पढाउने हो । तर खर्चले धान्नु पनि पर्छ । त्यसैले नर्सिङ पढ्ने चाहना भए पनि भर्ना गर्न सकिनँ’ श्रेष्ठले भने । गाउँको भद्रकाली निमाविमा सात कक्षासम्म पढेपछि उनले कक्षा आठदेखि घ्यालचोकको ज्ञानमार्ग माविमा पढ्नि । त्यहीबाट एसएलसी दिइन् । घ्यालचोकमा तीन वर्ष डेरामा बसेर पढेकी हुन् । 
 
‘तरकारी बेचेको पैसाले थेग्ने विषय नै पढाउने हो’ चन्द्रनारायणले भने । आफ्नो तरकारी खेतीले घर खर्च र अहिले छोरीको पढाइलाई ठिक्क भएको उनले बताए । फेसबुकमा ह्वात्तै बढेको छोरीको ख्यातिले किसानको पनि मह¤व दुनियाले बुझ्दो रहेछ भन्ने उनलाई लागेको छ । ‘मेरो मनमा लागेको त्यत्ति न हो । अरु त के नै होला र’ चन्द्रनारायणले भने । #तलका तस्बिरहरु रुपचन्द्र महर्जनको फेसबुकबाट । 

शेयर गर्नुहोस:

0
Shares