मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

के लेखे भारतीय राष्ट्रपतिले आगन्तुक पुस्तिकामा ?

के लेखे भारतीय राष्ट्रपतिले आगन्तुक पुस्तिकामा ?


काठमाडौँ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पशुपतिनाथको दर्शनका अवसरमा आगन्तुक पुस्तिकामा पशुपतिनाथ मन्दिरलाई भारत र नेपालका भक्तका लागि समान रुपमा श्रद्धाको केन्द्र रहेको जनाएका छन् । 
 
राष्ट्रपति मुखर्जीले आफ्नो राजकीय भ्रमणका क्रममा भारत सरकारद्वारा मन्दिर क्षेत्रको आसपासमा घाटको पुनर्निर्माण र नवीनिकरणमा सहायताको घोषणा गर्न पाउँदा प्रशन्नता भएको उल्लेख गरेका छन् । 
 
नेपाल–भारतमैत्री पशुपतिनाथ धर्मशालामा भारतीय सहयोगका लागि प्रशन्नता व्यक्त गरेका छन् । उनले लेखेका छन्-‘यो योजना वर्तमानमा क्रियान्वित हुन गइरहेको छ ।’
 
पशुपतिनाथको पुनः दर्शन एवं पूजाआजा गर्न पाएकोमा आफूलाई खुशी लागेको भारतीय राष्ट्रपति मुखर्जीले आगन्तुक पुस्तिकामा उल्लेख गरेका छन्- ‘पवित्र पशुपतिनाथ मन्दिरमा पुनः आएर मलाई प्रशन्नताको अनुभूति भइरहेको छ,‘यो सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक महत्वको स्थान हो ।’

शेयर गर्नुहोस:

0
Shares