मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दुर्घटनामा प्रहरी जवानको मृत्यु

दुर्घटनामा प्रहरी जवानको मृत्यु


कलैया । पूर्व पश्चिम राजमार्गअन्तर्गत बाराको निजगढ–पथलैया सडकखण्डमा सडक दुर्घटनामा सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा सशस्त्र प्रहरी बेस क्याम्प फुलगामा महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी जवान विनोदबाबु बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 
 
बा १ त ७७७७ नंको मोटरसाइकलमा सवार भएर वीरगन्जतर्फ जाँदै गर्दा विपरित दिशाबाट आउँदै गरेको ना १ त ६०३८ नंको ट्याक्टरमा मोटरसाइकल ठोकिँदा गम्भीर घाईते भएका मोटरसाइकल चालक सशस्त्र प्रहरी जवान बस्नेतको उपचारका क्रममा बीरगन्जस्थित नेसनल मेडिकल कलेज, शिक्षण अस्पतालमा मृत्यु भएको हो । 
 
ट्याक्टर र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । रासस 
 

शेयर गर्नुहोस:

0
Shares