मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एमाले चितवनको अध्यक्षमा कृष्णभक्त विजयी

एमाले चितवनको अध्यक्षमा कृष्णभक्त विजयी


चितवन । नेकपा एमाले चितवनको अध्यक्षमा कृष्णभक्त पोखरेल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी जगन्नाथ थपलियालाई १ सय ४२ मतले पछाडि पार्दै पोखरेल विजयी भएका हुन् । पोखरेलले ४ सय ३१ मत प्राप्त गरेका छन् भने थपलियाले २ सय ८९ मत प्राप्त गरेका छन् ।
 
यस्तै उपाध्यक्षमा कृष्ण भुर्तेललाई पराजित गर्दै पोखरेल प्यानलकै तेजेन्द्र वहादुर खड्का विजयी भएका छन् । खड्काले ४ सय २४ मत प्राप्त गरे भने कृष्ण भुर्तेलले २ सय ९३ मत प्राप्त गरे । त्यस्तै सचिवमा थपलिया प्यानलकी पार्वती रावल विजयी भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नारायण वनलाई पराजित गरेकी हुन् । रावलको ३ सय ७३ मत र वनको ३ सय ४८ मत रहेको छ ।
 
उपसचिवमा पनि पोखरेल प्यानलकै सूर्यवदना हमाल विजयी भएकी छन् । उनले रामप्रसाद न्यौपानेलाई पराजित गरेकी हुन् । हमालले ३ सय ८५ मत प्राप्त गरिन भने न्यौपानेले ३ सय २३ मत प्राप्त गरे । यसअघि सोमबार राति घोषित सदस्य पदको परिणाम अनुसार अधिकांश सदस्यहरु पोखरेलकै प्यानलबाट निर्वाचित भएका छन् ।
 
यस्तै लेखा कमिटी अध्यक्षमा पोखरेल प्यानलकै केशव आचार्य निर्वाचित भएका छन् । उनले मुक्ति ढकाललाई पराजित गरेका हुन् । निर्वाचन कमिटी अध्यक्षमा कृष्णप्रसाद डोटेललाई पराजित गर्दै गोपीप्रसाद नेपाल निर्वाचित भएका छन् । रत्ननगरको होटल स्टार बैक्वेटमा भएको अधिवेशनमा आइतवार राति मतदान गरिएको थियो । कूल ७४३ मतदातामध्ये ७ सय ३५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।