मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

इमान्दारमाथि तरबार झुन्डिएको महसुस हुन्छ : प्रम दाहाल

इमान्दारमाथि तरबार झुन्डिएको महसुस हुन्छ : प्रम दाहाल


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले उपत्यका (काठमाडौँ, ललितपुर, भक्तपुर)को समग्र विकास एवम् प्रशासन सञ्चालनमा एकीकृत र समन्वयात्मक रुपमा काम गर्न निर्देशन दिएका छन् । 
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायत, सङ्घीय मामिला तथा स्थानीय विकास, अर्थ, गृह र ऊर्जा लगायतका मन्त्रालयका सचिव तथा उच्चस्तरीय कर्मचारीको संयुक्त बैठकलाई निर्देशन दिँदै उनले भने— एकीकृत र समन्वयात्मक कामले मात्र परिणाम निकाल्न सकिन्छ । 
 
प्रधानमन्त्री दाहालले खानेपानीले गरेको काम विद्युत् प्राधिकरणलाई जानकारी हुँदैन, भौतिकले गरेको काम स्थानीयलाई थाहा हुँदैन, यसरी एउटा मन्त्रालय वा निकायले गरेको काम अर्को निकायलाई थाहा हुँदैन, यसले कसरी परिणाम निकाल्न सकिन्छ भन्ने प्रश्न गर्दै परिणाम निकाल्न एकीकृत र समन्वयात्मक रुपमा काम गर्न ती निकायलाई आग्रह गरेको उनका निजी सचिवालयले जनाएको छ । 
 
“गैरकानुनी राज्यले कानुनी राज्यलाई कमजोर बनाउँदै लगेको छ, यसलाई अन्त्य गर्न नयाँ सङ्कल्पको आवश्यकता रहेको छ, म विचार गर्छु हाम्रो कानुनी राज्यमाथि गैरकानुनी राज्यको दबाब छ, इमान्दारहरुमाथि तरबार झुन्डिएको महसुस हुन्छ”, उनले भने । 
 
प्रम दाहालले केही काम गर्न खोज्यो, विभिन्न खालको अवरोध र दबाब आउने गर्छ भन्दै यसका विरुद्धमा लड्न दृढ सङ्कल्पका साथ कानुनी राज्यलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
 
बैठकमा प्रम दाहालले उपत्यकाको ट्राफिक व्यवस्था सहज बनाउन, सडकमा खाल्डाखुल्डीलाई मर्मत गर्न, खानेपानी, सडक पूर्वाधार निर्माणमा समन्वय रुपमा काम गर्न निर्देशन पनि दिएकोे प्रम दाहालका निजी सचिवालयले जनाएको छ । 
 
बैठकमा भौतिक पूर्वाधार तथा यातायतमन्त्री रमेश लेखक र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले आ–आफ्नो मन्त्रालयको प्रगतिका वारेमा जानकारी गराएका थिए । रासस 

शेयर गर्नुहोस:

0
Shares