मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काँग्रेसलाई गुमराहमा राखेर महाअभियोग प्रस्ताव दर्ता गरियो : कोइराला

काँग्रेसलाई गुमराहमा राखेर महाअभियोग प्रस्ताव दर्ता गरियो : कोइराला


तम्घास (गुल्मी) । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसलाई गुम्राहामा राखेर हतार हतारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको बताएका छन् । 
 
नेपाल प्रेस युनियन गुल्मीले यहाँ सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने- काँग्रेसलाई गुमराहमा राखेर नेकपा (एमाले) र माओवादी (केन्द्र)ले हतार हतारमा महाअभियोग प्रस्ताव दर्ता गराएकाले यस सम्बन्धमा पार्टी गम्भीर भएर छलफलमा जुटेको छ । 
 
नेता कोइरालाले महाअभियोगजस्तो संवेदनशील विषयमा काँगेसले कुनै लहडको भरमा निर्णय नगर्ने बताउँदै त्यसका लागि पार्टीमा छलफल गरेरमात्र निर्णय लिने बताए । 
 
मुलुक वाहिरका शक्तिहरु संविधान निष्क्रय बनाउनका लागि देशलाई अस्थिर बनाएर राख्न खोजेको आरोप लगाउँदै उनले भने- मुलुकलाई अस्थिरताबाट बचाउनका लागि स्थानीय तहको निर्वाचन गराउनु अनिवार्य छ । 
 
नेता कोइरालाले ‘देश अत्यन्तै अप्ठ्यारो मोडमा छ, संविधान कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचन जसरी पनि गर्नुपर्छ’, भन्दै ‘यदि स्थानीय तहको निर्वाचन सम्भव नभएको खण्डमा अन्तिम विकल्प भनेको प्रतिनिधिसभाको निर्वाचन गरेर भए पनि संविधानलाई बचाएर राख्नुपर्छ बताए ।’
 
संविधान संशोधनका विषयमा एमालेलाई सहमतिमा ल्याउनुपर्ने बताउँदै उनले संविधान कार्यान्वयनका लागि काँगेस, एमाले र माओवादीबीच एकता र सहकार्य हुनैपर्छ भने । रासस