मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधान असफल बनाउने कोसिस भइरहेको छ : गौतम

संविधान असफल बनाउने कोसिस भइरहेको छ : गौतम


बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले मुलुकमा अहिले संविधान असफल बनाउने कोसिस भइरहेको बताएका छन् । 
 
प्रेस चौतारी रुपन्देहीले आइतबार मणिग्राममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले संविधान संशोधनका नाममा मधेस र पहाडलाई अलग गराउने र बहुराष्ट्र बनाउने प्रयास भइरहेको छ भन्दै उनले त्यस्तो प्रयासलाई एमालेले पूरा हुन नदिइने दृढता व्यक्त गरे । उनले भने– ‘हिमाल, पहाड र तराई मिलाउने गरी संविधान संशोधनको प्रस्ताव आए त्यसलाई सघाउन एमाले तयार छ ।’
 
नेता गौतमले वर्तमान सरकार निर्वाचन गराउने दिशामा अघि नबढेको आरोप लगाउँदै संविधान कार्यान्वयनका लागि २०७४ माघ ७ गतेसम्म तीन तहको निर्वाचन हुनैपर्नेमा जोड दिए ।
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले राजनीतिक पार्टीमाथि अराजनीतिक काम गरेकाले महाभियोग प्रस्तावको बाटो लिनुपरेको बताउँदै नेता गौतमले भने– ‘राजनीतिक पार्टीप्रति पूर्वाग्रही ढङ्गबाट संविधान र कानुन विपरीत प्रतिशोध साँध्ने षडयन्त्र गरेकाले कार्कीप्रति दलहरुको विश्वास डगमगाएको हो ।’ रासस