मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विद्यार्थीहरूले समयमा नै नयाँ पुस्तक पढ्न पाउने : शिक्षा मन्त्री पौडेल

विद्यार्थीहरूले समयमा नै नयाँ पुस्तक पढ्न पाउने : शिक्षा मन्त्री पौडेल


कार्तिक ०१  । शिक्षा मन्त्री धनिराम पौडेलले यस वर्ष विद्यार्थीहरूले समयमा नै नयाँ पुस्तक पढ्न पाउने दाबी गरेका छन् । गत वर्ष जस्तो यस वर्ष समस्या केही छैन -उनले भने मात्र किताब रगिंन बनाउने भन्दा अलि कति ढिलो भएको हो, पुस्तक समयमा नै पाउछन् ।
 
प्रेस सेन्टर नेपाल चितवन शाखाद्धारा भरतपुर विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पौडेलले किताब छाप्ने निर्णय केही दिनमा हुने भन्दै निजी क्षेत्र र जनक शिक्षाले किताब दु्रत गतिमा छाप्ने उनले बताए । साथै सरकारको गठन विगठन, पुस्तक रगिंन र कोर्ष परिर्वतन गरी तीन कारणले गर्दा किताब छाप्न ढिलो भएको स्पष्ट समेत पारे ।  
 
त्रिभुवन विश्व विद्यालय र कृषि तथा वन विद्यालयको विवाद कसरी मलाउदै हुनुहुन्छ भन्ने प्रश्नमा मन्त्री पौडेलले कार्यदलले दिएको रिपोर्टपछि यसै महिना भित्र ढुङ्गो लाग्ने बताए ।
 
साथै उनले शिक्षा विज्ञहरुले कृषि विश्व विद्यालयलाई नै रामपुर क्याम्पसको सबै स्वामित्व दिने भन्ने सुझाव आएको कारण कृषि विद्यालयले नै पाउने जानकारी दिए ।साथै उनले  कार्तिक महिना भित्र स्थानीय निकायको सिमाङ्गकन निर्धारण गर्ने आयोगले प्रतिवेदन नबुझाए चैतमा चुनाव नहुने बताएका छन् । सरकारले जसरी पनि चनाव गर्ने भनेर लागिरहेको छ तर बिधिन्न कारण बाट सम्भव होला जस्तो देखिदैन् उनले भने । स्थानीय निकायकोृ निर्वाचनका लागि संविधानको सशोधन आवश्यक नभएपनि प्रदेश निर्वाचनका लागि सशोधन आवश्यक भएको उनले बताए ।
 
साथै सरकारी विद्यालयमा नै सरकारी शिक्षकका बालबालिकाहरु पढाउन सरकारले मात्र प्रोसाहन गरेको तर बाध्यकारी व्यवस्था समेत नगरेको खुलासा गरे । मावन अधिकार र व्यक्तिगत स्वतन्त्राताका कारण सरकारले बाध्यकारी व्यवस्था नगरेको भन्दै शिक्षकहरूले हामी पनि सक्षम छौ भनी काम गरे यो अभियान राम्रो हुने उनको तर्क थियो

शेयर गर्नुहोस:

0
Shares