मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बैरागी काइँला र कार्कीलाई पद्मश्री सम्मान र पुरस्कार

बैरागी काइँला र कार्कीलाई पद्मश्री सम्मान र पुरस्कार


काठमाडौँ । नेपाली साहित्य तथा संस्कृतिको क्षेत्रमा अमूल्य योगदान पु¥याएबापत पद्मश्री साधना सम्मान–२०७२ वरिष्ठ साहित्यकार बैरागी काइँलालाई प्रदान गरिएको छ ।
 
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान–२०६२ ले प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार–२०७२ भने यसवर्ष ‘चीरहरण’ उपन्यासका लेखिका नीलम कार्की ‘निहारिका’ लाई प्रदान गरिएको छ ।
 
जनही रु दुई लाख राशिको सम्मान र पुरस्कार एक समारोहका बीच प्रतिष्ठानका संरक्षक जीवा लामिछानेका आमा हरिकला लामिछानेले प्रदान गरे । सम्मानित वरिष्ठ साहित्यकार काइँलाले साहित्य लेखन स्वतन्त्रताको चेतना बोधले लेखिने हुनाले सदा अन्याय, अत्याचार र असमानताका विरुद्ध लड्छ भने । 
 
लेखिका कार्कीले ‘चीरहरण’ उपन्यासलाई पुरस्कृत गरेर प्रतिष्ठानले नेपाली साहित्यको क्षेत्रमा थप जिम्मेवारी थपिदिएको छ भने । प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले पद्मश्री साहित्य पुरस्कारका लागि पुस्तक वा निवेदन पेस गर्नुपर्ने प्रचलनलाई यस वर्षदेखि हटाइएको बताए ।