मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नागरिक अभियानका बालबालिकालाई ६० हजार सहयोग

नागरिक अभियानका बालबालिकालाई ६० हजार सहयोग


चितवन । ए टू जेड मोवाइल हाउस नारायणगढले मंगलबार ६० हजार नगद सहयोग गरेको छ । भउमनपा १३ मा अवस्थित बालबालिकाको लागि प्रहरी नागरिक अभियान पिटूसिटू का बालबालिकालाई उक्त नगद सहयोग प्रदान गरिएको छ । 
 
असोज पहिलो हप्ता आयोजना गरिएको ए टू जेड मोवाइल फेस्टिवल मेलामा स्पोन्सरको केही प्रतिशत रकम पीटूसिटूका बालबालिकालाई दिने मोवाइल हाउसका संचालक दिवाकर गुरुङको प्रतिवद्धता अनुसार मंगलबार दिवाकरकी आमा विष्णुमाया गुरुङ र श्रीमती विनिताले उक्त रकम पीटूसीटू नेपालका अध्यक्ष वेलबहादुर गुरुङ र उपाध्यक्ष मीना खरेललाई हस्तान्तरण गरेकी हुन् । 
 
सो कार्यक्रममा बोल्दै अध्यक्ष र उपाध्यक्षले सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित भई आश्रित बालबालिकालाई सहयोग गरेकोमा मोवाइल हाउसको कामको प्रशसा गरेका थिए । रकम हस्तान्तरण कार्यक्रममा अध्यक्ष गुरुङ, उपाध्यक्ष खरेल, चितवन प्रहरीका डिएसपी दिपक श्रेष्ठ, सदस्य दिपेन्द्र अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
 
सो अवसरमा आश्रित ३५ बालबालिकालाई दशैं चाडको अवसरमा एक छाक भोजन समेत खुवाइएको थियो ।