मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा लगानीको वातावरण छैन : एनआरएन अध्यक्ष घले

नेपालमा लगानीको वातावरण छैन : एनआरएन अध्यक्ष घले


चितवन । गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष डा शेष घलेले नेपालमा उद्योगधन्दा सञ्चालनका लागि प्रशस्त संभावना भए पनि लगानी गर्ने प्रक्रिया झञ्झटिलो भएको बताएका छन् ।
 
भरतपुर विमानस्थलमा क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष घलेले प्राकृतिक हिसाबले विश्वमै सुन्दर देश भए पनि नेपालमा सहज तरिकाले लगानी गर्न सक्ने स्थिति नरहेको उनले बताए । व्यक्तिले गर्नुभन्दा सरकारले नै यस्ता क्षेत्रमा लगानी गर्नुपर्ने उनले बताए ।
 
काठमाडौँमा पाँचतारे होटल सञ्चालन गर्न लागेको बताउँदै अध्यक्ष घलेले लमजुङमा पनि जलविद्युत् उत्पादनमा लगानी रहेको बताए । तीबाहेक नेपालमा आफ्नो लगानी नभएको उनले स्पष्ट पारे । 
 
नेपालमा राम्रो उद्योगका लागि सडक राम्रो हुनुपर्ने उनको भनाइ छ ।
‘सडक, अस्पताललगायतका संरचनामा नेपाल सरकारले राम्रो लगानी गरे अन्य क्षेत्रमा व्यक्तिहरुले लगानी गर्न सक्छन्’ उनले भने । 
 
चितवनमा अहिलेसम्म कुनै पनि क्षेत्रमा लगानी नभएको बताउँदै उनले विदेशमा कमाएका आम्दानीले नेपालमा लगानी गर्ने वातावरण मिलाइदिन नेपाल सरकारलाई आग्रहसमेत गरे ।
 
लक्ष्मी उच्च माविलाई कम्प्युटर हस्तान्तरण
यसैबीच, भरतपुर–६ स्थित लक्ष्मी उच्च मावि लंकूलाई ई–लाइब्रेरीको लागि अध्यक्ष घलेले ३० वटा कम्प्युटर हस्तान्तरण गरेका छन् ।
 
विद्यालय परिसरमा दसैं, तिहार र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष घलेले विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् । 
 
विद्यालयलाई अघिल्लो वर्ष पनि अध्यक्ष डा।घलेले १८ कम्प्युटर उपलव्ध गराएका थिए । यसवर्ष ३६ वटा कम्प्युटर उपलब्ध गराउने भनिए पनि ६ वटा कम्प्युटर नआइपुगेको अध्यक्ष घलेले बताए । 
 
कार्यक्रममा अध्यक्ष घलेले अबको समय कम्प्युटर शिक्षा बिना अधुरो रहने भएकोले नेपालका हरेक विद्यालयहरुमा कम्प्युटर शिक्षाको व्यवस्था हुनुपर्ने बताए ।
 
‘जसका लागि सबै सरकारी विद्यालयहरुमा नेपाल सरकारले आवश्यक मात्रामा कम्प्युटर उपलब्ध गराउनुपर्छ’ उनले भने, ‘नेपालको शिक्षा प्रणाली कमजोर भएकोले लाखौं नेपाली युवाहरु विदेश पलायन हुनुपरेको छ । जसका लागि नेपालको शिक्षा क्षेत्रमा नेपाल सरकारले आवश्यक लगानी गर्न सक्नुपर्छ ।’
 
कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले चितवनको शैक्षिक अवस्था चित्त बुझ्दो भएको बताए । पहाडी गाविसका चेपाङ बालबालिकाहरु सबैलाई विद्यालयसम्म ल्याउन सक्ने वातावरण चुनौतीको रुपमा रहे पनि अन्य समुदाय र क्षेत्रका बालबालिकाहरु विद्यालयको पहुँचबाहिर नरहेको बताए ।
 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयको विगत र वर्तमान अवस्थाबारे विद्यालयका प्रधानाध्यापक रेशमबाबु ढकालले जानकारी दिए ।