मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

साल्ट् टे्डिगं कर्पोरेशन लिमिटेड शाखा कार्यालय नारायणगढले सुफत मुल्य कारोबार

साल्ट् टे्डिगं कर्पोरेशन लिमिटेड शाखा कार्यालय नारायणगढले सुफत मुल्य कारोबार


असोज १७- साल्ट् टे्डिगं कर्पोरेशन लिमिटेड शाखा कार्यालय नारायणगढले सुफत मुल्य पसल बाट २२ लाख १४ हजार ९३ रुपैयाको कारोबार गरेको जनाएको छ । चाड पर्व लाई लक्षित गरी सञ्चालन गरीएको पसल बाट १५ दिनको अवधीमा २२ लाख बढिको कारोबार भएको साखा प्रबन्धक बुद्धी बिनोद दाहालले बताउनु भयो । 
 
कार्यालयमा सामान लिन आउनेहरुको भिड बढदो क्रममा रहेको उहाको भनाई छ । कर्पोरेसनले असोज दुई गते बाट सुपय मुल्य पसल सञ्चालन गरेको हो ।
 
 कर्पोरेसनले यो अवधिमा १० लाख ७० हजार ६ सय ५० रुपैयाको दाल गेडागुढी तथा तेल बिक्री गरेको जनाएको छ । त्यस्तै ११ लाख १६ हजार ९० रुपैयाको चिनी र नुन बिक्री गरेको उहाले बताउनु भयो । कार्यालयले यो अबधीमा दाल तथा गेडागुडीमा प्रति केजी दुई देखी पन्द्र रुपैया सम्म छुटको ब्यवस्था गरेको उहाको भनाई छ ।  कार्यालयले बिक्री गर्ने सबै गेडागुडी दाल लगाएतका सामाग्री पुर्णरुपमा अगार्नीक रहेको बताउदै उहाले बिषादी रहित खाद्ययान्नको उपभोगका लागी साल्ट् टेडिगंको सुपथ मुल्यको पसलमा आउन आग्रह गर्नु भयो । 
 
कार्यालयले सुपथ मुल्यको पसल कार्तीक २५ सम्म सञ्चालन गर्ने र आन्तरीक बिक्री कक्ष भने वर्ष भरिनै सञ्चालनमा ल्याउने निर्णय गरेको उहाले जानकारी दिनु भयो ।  

शेयर गर्नुहोस:

0
Shares