मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नवलपरासी दुर्घटनामा दुईजनाको मृत्यु

नवलपरासी दुर्घटनामा दुईजनाको मृत्यु


नवलपरासी । नवलपरासीको दुई छट्टाछुट्टै स्थानमा आइतबार राति भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
 
इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार मध्यविन्दु नगरपालिका–४ मा चोरमारा कोल्हुवा भित्री सडकखण्डमा पैदल हिँडिरहेकी सोही ठाउँ बस्ने ५९ वर्षीया रम्भादेवी बस्याललाई लु२त ६५०९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमा मृत्यु भएको हो । ट्याक्टर र चालक चोरामारा प्रहरीको नियन्त्रणमा रहेको छ ।
 
यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्किवास–१ मा पनि लु१ख ६३६६ नम्बरको ट्रकले ठक्कर दिँदा अर्का एकजनाको मृत्यु भएको छ । मृतकको साथमा चन्द्रकान्त छत्कुली, धादिङ्ग–४ चैनपुर ठेगाना भएको ३६ वर्षको नागरिकता फेला परेकोले मृतककै हुनसक्ने इलाका प्रहरी कार्यालय नयाँ बेलहानीले जनाएको छ ।
 
शव पोष्टमार्टमको लागि चोरमारा स्वास्थ्यचौकीमा राखिएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।