मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रजातन्त्र सेनानी शिवध्वज बस्नेतको निधन

प्रजातन्त्र सेनानी शिवध्वज बस्नेतको निधन


काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् प्रजातन्त्र सेनानी शिवध्वज बस्नेतको ९६ वर्षको उमेरमा मंगलबार राति १ बजे निधन भएकोे छ ।
  
प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनका क्रममा पटकपटक जेल परेका बस्नेत लामो समयदेखि बीपी कोइराला र गिरिजाप्रसाद कोइरालासँगै राजनीतिमा सक्रिय भएका थिए ।  
 
सोलुखुम्बुमा जन्मिएका बस्नेत हाल काठमाडौँ बौद्धमा बस्दै आएका थिए । उनको पार्थिव शरीरमा बुधबार बिहान नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको झन्डा ओढाइ अन्तिम बिदाइ गरे । 
 
उनलाई श्रद्धाञ्जली दिन महामन्त्री डा शशाङ्क कोइरालासहित पार्टीका नेता कार्यकर्ताको पशुपति आर्यघाटमा बाक्लो उपस्थिति रहेको थियो । 
 
उनका श्रीमती र तीन छोरी छन् । सांसद एवम् काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत उनकी छोरी हुन् ।