बुटवल । बुटवल–तानसेन सडकखण्डको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको चर्चरेमा आइतबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुल्मी तम्घास निवासी रेसुङ्गा बहुमुखी क्याम्पसका उपप्राध्यापक ४७ वर्षीय कृष्ण भण्डारी र निर्माण व्यवसायी ५५ वर्षीय रामप्रसाद पन्थ छन् । गम्भीर घाइते भएका गाडी चालक देवी पन्थीको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
तम्घासबाट बुटवल आउँदै गरेको बा १४ च ९३६४ नंको स्कार्पियो गाडी सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
उनीहरुको निधनप्रति नेपाली काँग्रेसका नेता एवम् सभासद् चन्द्र भण्डारी र नेकपा९एमाले०का सचिव प्रदीपकुमार ज्ञवालीलगायतले शोक व्यक्त गरेका छन् ।







प्रतिक्रिया