नेपाल

पौडी खेल्न गएका बालक नारायणी नदीमा बेपत्ता

पौडी खेल्न गएका बालक नारायणी नदीमा बेपत्ता


चितवन । नारायणी नदीमा पौडी खेल्न जाँदा शुक्रबार दिउँसो बेपत्ता भएका एक बालक अझै फेला पर्न सकेका छैनन् । 
 
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भारतको पश्चिम चम्पारण घर भई हाल भरतपुर उपमहानगरपालिका–२ पोखरा बसपार्कमा बस्दै आएका मनोज ठाकुरका १२ वर्षीय छोरा सुदीप ठाकुर बेपत्ता भएका हुन् । 
 
दिउँसो ३ बजे पोखरा बसपार्कनजिकै नारायणी नदीमा पौडी खेल्न गएका उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । 
 
साँझ अबेरसम्म पनि खोजी कार्य जारी राखिएको भए पनि बालक फेला नपरेको प्रहरीले जनाएको छ । आइतबार बिहानैबाट खोजी कार्य थालिएको छ ।