मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधान कार्यान्वयनका लागि संशोधन गर्नुपर्छ : नेता सिंह

संविधान कार्यान्वयनका लागि संशोधन गर्नुपर्छ : नेता सिंह


चितवन । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि संशोधन गर्नुपर्ने बताएका छन् । सबै दललाई मिलाएर संविधान बनाए पनि कार्यान्वयनमा चुनौती रहेको भन्दै नेता सिंहले संशोधन गरेर भए पनि अघि बढ्नुपर्नेमा जोड दिएका छन् । 
 
गिरिजा–सुशील स्मृति प्रतिष्ठान चितवनले आयोजना गरेको प्रशिक्षण तथा उद्घोषण कार्यक्रमको उदघाटन गर्दै केन्द्रीय सदस्य सिंहले प्रदेशको सीमाङ्कनको टुङ्गो लगाएर निर्वाचन गर्न सबैको ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । 
 
त्यस्तै केन्द्रीय सदस्य बद्री पाण्डेले केपी ओली नेतृत्वको सरकाले संविधान कार्यान्वयनको बाटो छोडेकाले सरकार विस्थापित गर्नुपरेको बताए । संक्रमणकालको अन्त्य गर्न नसकेपछि संविधान कार्यान्वयनका लागि सरकार फेरिएको उनले बताए ।
 
\कार्यक्रममा जिल्लाका नेताहरुले पार्टीको गुटको अन्त्य केन्द्रबाट हुनुपर्ने बताएका थिए । जिल्लाका नेताहरुले केन्द्र तहबाटै गुटको अन्त्य गरी पार्टी मजबुत बनाउन आग्रह गरे । पार्टीमा गरेको योगदानको कदर हुन नसकेको गुनासो गर्दै प्रजातान्त्रिक लडाइँमा होमिएकाहरुको मूल्याङ्कन गर्नसमेत केन्द्रीय नेताको ध्यानाकर्षण गराएका थिए । 
 
शुक्रबारबाट सुरु भएको तालिम असोज ११ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा पार्टीका नेतासहित राष्ट्रिय तथा स्थानीय सञ्चारकर्मीले तालिम दिनेछन् । 
 
प्रतिष्ठानका अध्यक्ष युवराज भुषालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, निर्वतमान सभापति टेकप्रसाद गुरुङ, सांसद रामकृष्ण घिमिरे, पार्टीका महासमिति सदस्य विजय शर्मा भुषाल, क्षेत्रीय सभापति सरिता केसी, भरतपुर नगरसभापति भरत अधिकारी, प्रतिष्ठानकी उपाध्यक्ष देवकी गौतमलगायतले मन्तव्य राखेका थिए ।