मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अब महिला पनि ‘ग्याङ फाइट’मा

अब महिला पनि ‘ग्याङ फाइट’मा


काठमाडौँ । ‘ग्याङ फाइट’ भन्नेबित्तिकै पुरुषको नाम अगाडि आउँछ । तर, अब महिला पनि यस्तो कार्यमा संलग्न हुन थालेका छन् । 
 
ललितपुरको बालकुमारीस्थित ‘गुडविल डान्स बार’को घटना यसको पछिल्लो उदाहरण हो । महिलाहरू मदिरा सेवन गरी ग्याङ फाइटमा उत्रँदा प्रहरीको फन्दामा परेका छन् । बुधबा् राति ११ बजे मदिरा सेवन गरी बियरका बोतलले एकापसमा प्रहार गरेर स्थानीयवासीलाई त्रस्त बनाइरहेको अवस्थामा ललितपुर प्रहरीले सात महिलालाई पक्राउ गरेको हो ।
 
महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले श्रीया तामाङ, सन्जु गरुङ, अनु गुरुङ तथा सुशीला तामाङ, रेश्मा थोक्कर र लक्ष्मी क्षेत्रीको छुट्टाछुट्टै समूह बनाई ग्याङ फाइट गरेको अवस्थामा गरी सार्वजनिक अपराध मुद्दा चलाइएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर यादवले जानकारी दिए ।
 
उनका अनुसार बालकुमारी ग्वार्को क्षेत्रमा पेसेवर महिला समूह अनैतिक गतिविधिमा संलग्न हुने गरेको र आपसमा झगडा गरी सर्वसाधारणलाई त्रस्त बनाउँदै आएका छन् । यसअघि पनि प्रहरीले ग्वार्को क्षेत्रबाट यौनजन्य गतिविधिमा संलग्न ११ जनालाई पक्राउ गरेको थियो । 
 
यादवको सक्रियता बढ्दो
 
पछिल्लो समय यौनजन्य क्रियाकलापमा संलग्न पेसेवरले ललितपुरका विभिन्न स्थानमा अखडा जमाइरहेका कारण ललितपुर प्रहरीले आफ्नो सतर्कता बढाएको छ ।
 
बीस दिनअघि वृत्तको जिम्मेवारी सम्हालेका यादवले समाजमा अनैतिक क्रियाकलाप नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न आफूलाई खरो रुपमा उतारेका छन् । घटनास्थलमै गएर वृत्त प्रमुख यादवले विभिन्न विकृतिजन्य गतिविधिमा संलग्नलाई कानुनी कठघरामा ल्याउने काम गरेका छन् ।
 
एकान्तकुनास्थित यातायात कार्यालय र ताल्सिखेलस्थित मोटरसाइकलको राजस्व सङ्कलन केन्द्रबाट २० भन्दा बढी दलाललाई नियन्त्रणमा लिई मुद्दा चलाइएको र त्यस्तै चोरीमा संलग्न २०, सात जुवाडे, लागुऔषधमा संलग्न एक साधुसहित छजनालाई पक्राउ गरी मुद्दा चलाइएको उनले बताए । 
 
यात्रुको सुरक्षा तथा यातायातलाई व्यवस्थित र मर्यादित तुल्याउन बालकुमारीदेखि एकान्तकुनासम्म प्रत्येक सार्वजनिक बसमा एक प्रहरी खटाउने गरिएको प्रहरीले जनाएको छ । पाकेटमार र दुव्र्यवहारबाट यात्रुलाई बचाउन तथा सडक र सवारी चालकको नियम पालन गराउन १५ दिनदेखि यस्तो अभियान सुरु गरिएको छ । 
 
त्यसैगरी लागुऔषधमा संलग्न विभिन्न विद्यालयका १०० जनालाई नियन्त्रणमा लिएर अभिमुखीकरण गराई अभिभावको जिम्मा लगाइएको छ । यसैबीच नजिकिएको दसैँ, तिहार र छठ पर्वलाई मध्यनजर गरी सुरक्षा जनचेतना सुरु गरिएको र त्यसका लागि माइकिङ र पर्चा वितरण गरिने भएको छ । रासस