मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारले निःशुल्क रगत पाउने व्यवस्था गर्छ : मन्त्री थापा

सरकारले निःशुल्क रगत पाउने व्यवस्था गर्छ : मन्त्री थापा


चितवन । स्वास्थ्य मन्त्री गगनकुमार थापाले निःशुल्क रुपमा रगत पाउने व्यवस्था ल्याउन सरकार लागिपरेको बताएका छन् ।
 
रगत नपाउँदा अकालमै बिरामीहरुले ज्यान गुमाउनु पर्ने बाध्यतालाई हटाउन सरकारले निःशुल्क रुपमा रगत दिने व्यवस्था मिलाउन लागि परिरहेको बताए । 
 
मन्त्री थापालाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा र रक्त संचार केन्द्र भरतपुरले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएका हुन् ।
 
उनले मेडिकल सिटि चितवनमा रेडक्रसले धेरै राम्रो काम गरेको भन्दै प्रशंसा गर्दै सदैव मानवीय सेवामा प्रेरित हुन आग्रह गरे । कार्यक्रममा रेडक्रस केन्द्रीय समितिका सह–महामन्त्री हरि न्यौपाने, रेडक्रस चितवनका सभापति ज्ञानशाली न्यौपानेलगायतले मन्तव्य राखेका थिए ।