मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ट्रक र एम्बुलेन्स ठक्कर खाँदा एकजनाको मृत्यु

ट्रक र एम्बुलेन्स ठक्कर खाँदा एकजनाको मृत्यु


चितवन । चितवनको टिकौली जंगलमा ट्रक र एम्बुलेन्स एकापसमा ठक्कर खाँदा एम्बुलेन्समा सवार एकजनाको मृत्यु भएको छ । दुर्घटनामा चार घाइते भएका छन् ।
 
एम्बुलेन्समा रहेका बिरामीका आफन्त रत्ननगर १ का ३० वर्षका माधव चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए । 
 
ना ६ ख ४५७२ नम्बरको ट्रकले ग २ च १२७१ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिँदा चौधरीको मृत्यु भएको डिएसपी रञ्जितकारले बताए । चौधरीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
 
ट्रकले एम्वुलेन्सलाई ठक्कर दिँदा पछाडि रहेको कुखुरा बोक्ने बा १ च ८०४७ नम्वरको बोलेरो पनि ट्रकमा ठोक्किन पुगेको थियो । दुर्घटनामा एम्बुलेन्सका चालक तनहुँ जिल्लाका उत्तमकुमार भुजेल र बोलेरोका चालक खैरहनी १ का केवल महतो, रत्ननगर ४ का खेमबहादुर गुरुङ र रत्ननगर १ का नधुराम राई घाइते भएका छन् । उनीहरुको अवस्था मध्यम रहेको डिएसपी रञ्जितकारले जानकारी दिए । 
 
ठक्करपछि ट्रकका चालक फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।
 
स्मल हेभनको बस पल्टियो 
स्मल हेभन बोर्डिङ स्कुलको बस पल्टेको छ । आइतबार विद्यालयको पढाइ सकेपछि विद्यार्थी घरघरमा पु¥याउन छुटेको बस दुर्घटनामा परेको हो । कल्याणपुरबाट भरतपुरको चौबिसकोठीतर्फ आउँदै गरेको ग १ क २९७५ नं। बस बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालनजिकै पल्टिएको हो । बसमा सवार २३ जना विद्यार्थी र एकजना विद्यार्थीको रेखदेख गर्ने महिला सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अनियन्त्रित भएर बस पल्टेको प्रहरीको भनाइ छ । 
 
घाइतेमध्ये १७ जनाको चितवन मेडिकल कलेज र बाँकी ७ जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।

शेयर गर्नुहोस:

0
Shares