मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चट्याङ लागेर एकको मृत्यु, पाँच घाइते

चट्याङ लागेर एकको मृत्यु, पाँच घाइते


म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ गौस्वाँरामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । 
 
शुक्रबार परेको चट्याङ लागेर अन्य पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ४५ वर्षीया थलकुमारी सुवेदी (सावित्री)को मृत्यु भएको प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले बताए । 
 
घाइते रुपा कार्की, मनिसरा घिमिरे र चिनु घिमिरेलाई उपचारका लागि राति नै धौलागिरि अञ्चल अस्पताल बागलुङ लगिएको स्थानीय बासिन्दा हिराबहादुर थापाले बताए । 
 
दुईजना सामान्य घाइतेको घरमै उपचार भइरहेको छ । घटनास्थलमा बेनीबाट प्रहरी टोली गएको छ ।