मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्दियामा जङ्गली हात्तीको आक्रमणमा दुईजनाको मृत्यु

बर्दियामा जङ्गली हात्तीको आक्रमणमा दुईजनाको मृत्यु


गुलरिया । बर्दियाको सूर्यपटुवा–४ डल्लामा बिहीबार राति जङ्गली हात्तीको आक्रमणमा परी दुईजनाको ज्यान गएको छ ।   
 
सूर्यपटुवा–४ डल्ला गाउँमा दिउँसो ढोढरी–१ पठरवोजी बस्ने युवराज थारू स्कुलबाट पढेर घर फर्कने क्रममा जङ्गली हात्तीले आक्रमणमा परेका उनको उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्जमा उपचारका क्रममा राति मृत्यु भएको हो । 
 
बिहीबार राति नै सात बजे खेती कुर्न बनाइएको मचानमा जाग्राम बसेका सूर्यपटुवा–४ डल्लाका ७२ वर्षीय पुरुवा थारू पिसाब फेर्न मचानबाट ओर्लिने क्रममा जङ्गली हात्तीको आक्रमणबाट घाइते भएका र उनको कोहलपुर मेडिकल कलेजमा उपचार गर्न लैैजाने क्रममा राति नै बाटोमा मृत्यु भएको छ । 
 
उनीहरुको शव परीक्षणका लागि बर्दिया ल्याइँदै गरेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण प्रमुख रमेश थापाले जानकारी दिएका छन् । रासस