मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेशमन्त्री स्वराजको स्वागत

प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेशमन्त्री स्वराजको स्वागत


नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चारदिने राजकीय भ्रमणका क्रममा बिहीबार अपरान्ह नयाँदिल्ली आइपुगेका छन् । 
 
प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन् । 
 
प्रधानमन्त्रीको स्वागतार्थ विमानस्थलमा यहाँस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल, भारतको विदेश मन्त्रालयका उच्च अधिकारी तथा नेपाली दूतावासका अधिकृत उपस्थित थिए । 
 
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका सदस्य परराष्ट्रमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक, सांसदलगायतलाई उनीहरुले स्वागत गरे । 
 
प्रधानमन्त्री दाहाल, उनकी धर्मपत्नी सीता दाहाल भारतका राष्ट्रपतिको निवास राष्ट्रपति भवनमा रहने कार्यक्रम छ । 
 
प्रधानमन्त्री दाहालले बिहीबार दिउँसो यहाँस्थित नेपाली समुदायसँग नेपाली राजदूतावासमा छलफल गर्ने कार्यक्रम छ । बिहीबार साँझ प्रधानमन्त्री दाहाल आफ्नो सम्मानमा आयोजना हुने स्वागत समारोहमा सरिक हुनुछन् । प्रतिनिधिमण्डलका अन्य सदस्य पनि दुवै समारोहमा सहभागी हुने कार्यक्रम छ । रासस