मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अधिकारी हत्या प्रकरणमा अदालतको आदेश पालना गर्न एम्नेष्टीको माग

अधिकारी हत्या प्रकरणमा अदालतको आदेश पालना गर्न एम्नेष्टीको माग


पोखरा । एम्नेष्टी इन्टरनेसनल नेपालले कृष्णप्रसाद अधिकारी हत्या घटनाको सम्बन्धमा अदालतले दिएको आदेश पालना गर्न नेपाल सरकारसमक्ष आह्वान गर्दै विशेष प्रस्ताव पारित गरेको  छ ।
 
एम्नेष्टी इन्टरनेसनल नेपालको पोखरामा सम्पन्न २५औँ साधारणसभाले आफ्नो छोरा हत्याको घटनामा संलग्नहरुलाई कानुनी कारबाहीको माग गर्दै अभियानरत गङ्गामाया अधिकारीको मागप्रति एक्यबद्धता जनाउँदै उक्त विशेष प्रस्ताव पारित गरेको हो । 
 
साधारणसभाबारे जानकारी गराउन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासचिव लेखनाथ (लक्ष्मी) निरौलाले साधारण सभाबाट अन्तर्राष्ट्रिय कानुनले अपराध भनेर किटान गरेका घटनाका दोषीको मुद्दा फिर्ता र सजाय माफी नगरिने सुनिश्चितता गर्दै पीडित र तिनका परिवारलाई न्याय र परिपूरणको व्यवस्था गर्नुपर्नेलगायतका विशेष प्रस्ताव पारित गरिएको जानकारी गराए ।
 
साधारण सभाले एम्नेष्टी इन्टरनेसनलको राष्ट्रिय कार्यसमिति तथा पुनरावेदन समितिको निर्वाचन सम्पन्न गरेको उनले जानकारी गराए ।
 
राष्ट्रिय कार्यसमितिको अध्यक्षमा राजन कुइँकेल, उपाध्यक्षमा धु्रव राय, महासचिवमा लेखनाथ निरौला र उपमहासचिवमा यशोदा उपाध्याय तथा पुनरावेदन समितितर्फ संयोजकमा केशव पोख्रेल, सदस्यमा वसन्त सुवेदी र प्रभा अधिकारी निर्वाचित हुनुभएको छ । साधारण सभाको यही भदौ २४ गते नेपालका पूर्व राष्ट्रपति डा रामवरण यादवले उद्घाटन गरेका थिए । रासस