मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देश विदेशीको हातमा पुग्ने खतरा : बिजुक्छे

देश विदेशीको हातमा पुग्ने खतरा : बिजुक्छे


भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ठूला दलको राजनीतिक स्वार्थका कारण देश विदेशीको हातमा पुग्ने खतरा बढेको बताएका छन् ।
 
भक्तपुर नगरपालिका–१७ सल्लाघारीस्थित च्वाङ्ग गणेश विकास समितिले निर्माण गरेको सत्तलको आइतबार उद्घाटन गर्दै उहाँँले ठूला दलले राजनीतिक स्वार्थ त्याग्न नसक्दा देशमा सङ्कट बढ्दै गएको बताए । 
 
अध्यक्ष बिजुक्छेले निर्माणलगायत विभिन्न क्षेत्रको जिम्मेवारी भारतलाई दिँदा नेपाल भारतको चङ्गुलमा फस्दै गएको आरोप लगाउँदै “पुँजीवादी दल विदेशी चङ्गुलमा फस्दै गएका थिए, अहिले सरकारमा सहभागी कम्युनिस्ट भन्ने दलले पनि समाजवाद छाडेर पुँजीवादतर्फ पलायन हुँदा देश झन् खतरामा परेको छ ।” भने ।
 
नेपाललाई खतरा हुने कुनै पनि सन्धि–सम्झौता सरकारले गर्न नहुनेतर्फ औँल्याउँदै उहाँले दलले राजनीतिक स्वार्थ त्याग्नुपर्नेमा जोड दिए । बिभिन्न दाताबाट सङ्कलन भएको ३१ लाख २९ हजार ८३५ रुपैयाँको लागतमा सत्तल निर्माण भएको समितिले जानकारी दिएको छ ।