मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पत्रकार शर्माद्वारा बीस लाखको अक्षयकोष घोषणा

पत्रकार शर्माद्वारा बीस लाखको अक्षयकोष घोषणा


पर्वत । झन्डै दुई दशकदेखि व्यावसायिक पत्रकारिता र न्यायिक क्षेत्रमा क्रियाशील भोलानाथ शर्माको नाममा स्थापित भोला फाउन्डेसनले रु २० लाखको अक्षयकोषको घोषणा गरेको छ । 
 
शर्माको ४५औँ जन्मदिनको अवसरमा शनिबार उक्त अक्षयकोष घोषणा गरिएको हो । नेपाल पत्रकार महासङ्घ पर्वतका संस्थापक अध्यक्षसमेत रहेका अधिवक्ता भोलानाथ शर्माले आफू अविवाहित भएकाले भावनात्मक सन्तानको विकास गर्ने र सामाजिक सेवामा लाग्न आमनेपालीलाई उत्प्रेरणा प्राप्त होस् भन्ने उद्देश्यले आफ्नो जीवनभरको कमाइ उक्त संस्थालाई दिएको बताए । 
 
उक्त प्रतिष्ठानले सामाजिक क्षेत्र, मानवअधिकार, कानुन र पत्रकारितामा नेपालमै सर्वोत्कृष्ट योगदान पु¥याउने एकजना राष्ट्रिय व्यक्तिलाई बर्सेनि पर्वतमा एक कार्यक्रमको आयोजना गरी रु एक लाख पुरस्कार राशिसहित सम्मान गर्ने भएको छ । सम्मानित हुने व्यक्तित्वले रु एक लाखभन्दा बढी नगद र प्रशंसापत्र पाउने भएका छन् । 
 
उक्त कोषको रकम अहिले रु २० लाखबाट सुरु भए पनि आगामी वर्षदेखि बढाउँदै लैजाने सोच रहेको प्रतिष्ठानका दाता शर्माले जानकारी दिए । उक्त पुरस्कार हरेक वर्षको भदौ २५ गते वितरण हुने भएको छ । सोसँगै प्रदेश नं ४ बाट एकजना उत्कृष्ट पत्रकारलाई पनि वार्षिक रूपमा रु २५ हजार नगदसहित पुरस्कृत गरिने भएको छ । 
 
उक्त अक्षयकोषको रकम बराबरको चेक शनिबार नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्मालाई हस्तान्तरण गरियो । शर्मा शारीरिक रूपमा अशक्त छन् । 

शेयर गर्नुहोस:

0
Shares