मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

तनहुँमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तनहुँमा करेन्ट लागेर एक मजदुरको मृत्यु


तनहुँ । ग्रिल उद्योगमा काम गर्ने क्रममा तनहुँमा एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । 
 
शुक्लागण्डकी नगरपालिका वडा नं ३ स्थित दाजुभाइ ग्रिल उद्योगमा काम गर्ने सोही ठाउँका ६५ वर्षीय कलिलुम मियाँको शनिबार राति मृत्यु भएको हो ।
 
काम गर्ने सिलसिलामा शनिबार साँझ करेन्ट लागेर अचेत अवस्थामा रहेका मियाँको दुलेगौडास्थित सेतीगङ्गा सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ । 
 
उक्त उद्योगमा काम गर्ने अरू कामदार नभएको समयमा करेन्ट लागेका कारण पनि समयमा उपचार पाउन नसकेको प्रहरीले जनाएको छ । 

शेयर गर्नुहोस:

0
Shares