मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बस र ट्रक ठोकिँदा एकको मृत्यु २१ घाइते

बस र ट्रक ठोकिँदा एकको मृत्यु २१ घाइते


चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–३ पिप्लेमा शनिबार बिहान ७ः१५ बजे बस र ट्रक एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । ट्रकका चालक च्यापिएका छन् । 
 
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट कलैयातर्फ जाँदै गरेको ना५ख ३७४३ नंको बस र नारायणगढतर्फ आउँदै गरेको ना६ख ६७९३ नंको ट्रक एकापसमा ठोकिँदा दुर्घटना भएको हो । 
 
ट्रकको अगाडिका दुवै टायर ‘पङ्क्चर’ भएपछि बसमा ठोकिन पुगेको थियो । प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार ट्रकको पछाडिबाट आउँदै गरेको ना४ख ८३४३ नंको अर्काे ट्रकसमेत अघिल्लो ट्रकमा ठोकिएको थियो । दुर्घटनामा दुवै ट्रक र बसमा सवार चालक र यात्रु घाइते भएको प्रहरीले जनाएको  छ । 
 
घाइतेलाई भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको छ । उपरीक्षक कुँवरले ट्रकमा च्यापिएका चालकको उद्धार जारी रहेको बता । जिल्लामा दैनिकजसो सवारी दुर्घटना हुँदै आएको छ ।