मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ट्रक त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु, दुई गम्भीर

ट्रक त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु, दुई गम्भीर


चितवन । काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ट्रक मंगलबार बिहान ३ः४५ बजे  पृथ्वीराजमार्गअन्तर्गत दारेचोक–७ चुमखोलाबाट त्रिशूलीमा खस्दा दुईजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । 
 
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना ३ ख ९९०३ नंको ट्रक त्रिशूलीमा खसेको हो । मृतक अन्दाजी २८ र ३५ वर्षका पुरुषको सनाखत हुन सकेको छैन । 
 
घाइते  बारा जिल्लाको कलैया नगरपालिका–२ का २० वर्षीय रामबली प्रसाद र बाराकै बलरामपुर बस्ने २५ वर्षीय भुवनदेव साह छन् । दुवै घाइतेको उपचार कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा भइरहेको छ । रासस