मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चन्द्रमामा पाइला टेक्ने व्यक्ति विराटनगर आउने

चन्द्रमामा पाइला टेक्ने व्यक्ति विराटनगर आउने


विराटनगर चन्द्रमामा पुगेर मानव पाइला राख्ने नील आर्मस्ट्रङ्गसँगै अर्का यात्री बज एड्रिन मङ्गलबार विराटनगर आउँदै छन् । पहिलो अन्तरिक्ष यान एपोलो–११ मार्फत उनी पनि चन्द्रमामा पुगेका थिए ।
 
सुनसरीको सीतागन्जस्थित एभरेस्ट साइन्स सेन्टरमा आयोजना हुने तय भएको कार्यक्रममा नेपालीलाई आफ्नो चन्द्रमाको अनुभव सुनाउन उनी मङ्गलबार विराटनगर आउन लाग्नुभएको एभरेस्ट साइन्स सेन्टरका निर्देशक दिलीप अधिकारीले जानकारी दिए । अन्तरिक्ष यात्री सोमबार काठमाडौँ आइपुग्ने छन् । 
 
एल्ड्रिनले मङ्गलबार ठूलो सङ्ख्यामा विद्यार्थीमाझ चन्द्रमामा पाइला राख्दाको अनुभव सुनाउनु हुनेद्ध भने मङ्गल ग्रहमा बस्ती बसाउन सकिने योजनाबारे पनि आफ्नो योजनाबारे प्रस्ट पार्नेछन् । रासस