मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोलाले बगाएर एक दम्पतीको मृत्यु

खोलाले बगाएर एक दम्पतीको मृत्यु


वीरगन्ज । बारा जिल्लाका रहेको धन्सार खोलाले बगाएर एक दम्पतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । 
 
खोलाको बाढीले बगाएर ल्याएको दाउरा टिप्न धन्सार खोलामा गएका बेला खोलाले बगाउँदा निजगढ नगरपालिका–१ भरतसिगोलका ७१ वर्षीय सोमना कुँवर र उनका ६५ वर्षीया श्रीमती रोमती कुँवरको मृत्यु भएको प्रहरी निरीक्षक सुवास गैरेले बताए । 
 
मृत दम्पतीको शव घरबाट करिब ६ किलोमिटर टाढा फेला परेको प्रहरीले जनाएको छ । रासस