मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा ट्रकमा ठोकिएर मोटरसाइकल चालकको मृत्यु

चितवनमा ट्रकमा ठोकिएर मोटरसाइकल चालकको मृत्यु


चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको डढुवामा आइतबार बिहान ६ बजेतिर रोकिराखेको ट्रकमा ठोकिएर मोटरसाइकल चालकको मृत्यु भएको छ ।  
 
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढतर्फ आउँदै गरेको ना१८प ४६९१ नंको मोटरसाइकल सोही दिशातर्फ आउन रोकेर राखेको ना५ख ५८३९ नंको ट्रकमा पछाडिबाट ठोक्ँिकदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा धादिङ बेनीघाट–७ का अन्दाजी ३५ वर्षीय राजेन्द्र सुनुवार रहेको प्रहरीले जनाएको छ ।  
 
गम्भीर घाइते सुनुवारको उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । मोटरसाइकलमा पछाडि सवार एक व्यक्तिको चितवन मेडिकल कलेजमा गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको नाम खुलेको छैन ट्रकका चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।