मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विद्यालयको पर्खाल भत्किँदा गर्भवतीको मृत्यु

विद्यालयको पर्खाल भत्किँदा गर्भवतीको मृत्यु


महोत्तरी । महोत्तरी जिल्लाको पिपरा गाविसमा एक बोर्डिङ स्कुलको पर्खाल भत्किँदा किचिएर एक गर्भवतीको मृत्यु भएको छ ।
 
मृत्यु हुनेमा पिपरा–१ बस्ने विनोद धनकारकी पत्नी २५ वर्षीया रञ्जुदेवी धनकार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
 
महिला धनकार राति ८ बजेको समयमा घरनजिकै रहेको आश बोर्डिङ स्कुलको छेउमा रहेको धाराबाट पानी लिएर आउँदै गर्दा अचानक सो स्कुलको पर्खाल भत्किँदा सोही पर्खालमा किचिएर उनको मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।
 
स्कुलको पर्खालमा किचिएर घाइते भएकी महिला धनकारलाई उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी उपरीक्षक भट्टराईले बताए । 

शेयर गर्नुहोस:

0
Shares