मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्तरीमा भीषण आगलागी, १५ लाखभन्दा बढीको क्षति

महोत्तरीमा भीषण आगलागी, १५ लाखभन्दा बढीको क्षति


गौशाला । महोत्तरी जिल्लाको लोहारपट्टि गाविसमा बिहीबार बिहान भीषण आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ ।
 
लोहारपट्टि गाविस–३ रामजानकी चौकस्थित लोहारपट्टि बजारमा रहेका सदाम शेषको एसएम मोबाइल एण्ड ल्यापटप मर्मत सेन्टर र साजन टेन्ट हाउस, रामगोविन्द ठाकुरको गोविन्द मेडिकल हल र पुजन साहको हरहर महादेव सहकारी संस्थामा भएको भीषण आगलागीबाट रु १५ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । 
 
 बिहान करिब ३÷४ बजेको समयमा भएको सो आगलागीमा परी मोबाइल र ल्यापटप पसलका ३०० बढी मोबाइल, पाँच थान ल्यापटप त्यस्तै टेन्ट हाउसका भाँडाकुँडा, फर्निचर, कपडालगायत विभिन्न वस्तु गरी रु १० लाख, मेडिकल हलका रु तीन लाख बढीको औषधि र सहकारी संस्थाभित्र रहेका रु तीन लाख बढीको मल र खाद्यान्न जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
 
बिहान चलेको तेज गतिको हावाहुरीका कारण विद्युत् सर्ट भई आगलागी भएको पसलेले अनुमान गरेका छन् भने प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 
 
एकैसाथ चारवटा पसलमा भएको आगलागी स्थानीयवासीले तीन÷चार घन्टापछि नियन्त्रणमा लिएको स्थानीयवासी अली हुसैनले बताए । रासस